Satish Shrestha (सतिश श्रेष्ठ )

In The Quest Of…

Archive for the ‘मेरो प्रयास’ Category

धरहरा

Posted by Satish Shrestha on August 17, 2011


 

 

 

 

काला कौवाहरुका बिचमा

एक्लो बकुल्ला सरि

श्वेत रंग पोतिएर

टाटे-पाटे अनगिन्ति झुप्रा देखि

आलिशान महलका बिचमा

आफ्नो मौलिकता अनि उचाईलाई

कायम राख्दै उभिएको

म धरहरा

एक्लो छु

तर

निरिह पक्कै छैन |


Posted in मेरो प्रयास | Tagged: , , , , , , | Leave a Comment »

गफ

Posted by Satish Shrestha on August 6, 2011


 

सोध्यो एउटा विद्वानले 

तेरो देश लाई के  भो ?
आफुलाई त पेट दुखिराथ्यो
भनिदिएँ मेरो देश लाई कब्जियत  भा’ छ |
सन्दर्भ मिलाउन खोज्दै थपें-
२००७ सालमा काँचो प्रजातन्त्र भन्ने फल खाथ्यो
काँचो न पर्यो, पचाउन सकेन,
२०१७ सालमा  डल्लै  हग्यो |
अर्को चोटी फेरी त्यहि फल  खायो
अलि कुरेर, अलि पाक्न दिएर
२०४६ साल तिर 
त्यो फल खाको नी भयो यस्तै २२ वर्ष 
राम्ररी पाकेको थिएन क्यार 
देशलाई नराम्रो कब्जियत भो
अब हेरौं, अलि कुरौं
कुन दिन पर्छ जीउले थाम्न नसकेको जस्तै 
देशले  नी थाम्न सक्दैन
अनि फेरी एक रास उछिट्याउंछ |

सायद प्रजातन्त्र भन्ने फल पाक्न समय लाग्छ
अथवा त्यो आफै सायद पाक्न जान्दैन
यदि खानु नै छ भने आफ्नो पाचन शक्ति मजबूत बनाउनु पर्ला
अर्को चोटी त्यो फल खाने बेला सम्म सायद नेपाल को नी पाचन शक्ति तगडा भैसक्ला
त्यहि आशा गर्छु 

(मलाई कब्जियत चैं होइन, बिहान अलि पुरानो दुध खाको हुनाले पेटमा दिनभरि बाढी पहिरो गैराथ्यो 🙂 ) 


Posted in मेरो प्रयास | Tagged: , , , , | 1 Comment »

जोगी

Posted by Satish Shrestha on March 21, 2011


आर्थिक दरिद्रतालाई छिचोलेर

आफु भित्र को “म” लाई चिन्ने कोशिश गर्दै

सांसारिक प्रलोभन भुलेर

अपनत्व बुझ्न खोज्दै

खल्तीमा एउटा क्रेडिट कार्ड

अनि परिचय पत्र बोकेर

डोके-झोलामा झुत्रा-झाम्रा कोचेर

डुल्दै छु जोगी झैं पश्चिमी संयुक्त राज्य अमेरिका |

 

Posted in मेरो प्रयास, Travel | Leave a Comment »

जीवन – ओ

Posted by Satish Shrestha on October 4, 2010


सतिश श्रेष्ठ: मान्छे ठिटो
अनि खल्ती रित्तो|
तथापी जीवन मिठो,
जसको गोरेटोमा बित्दैछन
दिनहरु सोचे भन्दा सार्है छिटो |  🙂

Posted in नेपाली साहित्य, मेरो प्रयास | Leave a Comment »

म नेपाली

Posted by Satish Shrestha on December 29, 2009


( रातको ३ बजेको थियो | सुत्नु अघि भूपी शेरचनको ” तीतरा, बट्टाई र भक्कुको राँगोका सन्तानहरुप्रति” भन्ने कविता पढें अनि निद्रै लागेन | उतिनै खेरको मेरो मनोवाद हो यो | )

अरु देशका सडे-गलेका तत्वहरुबाट *प्रभावित* भई
तिनीहरुका असफल सिद्धान्तहरु अनुशरण गर्ने
हाम्रा देशका *विद्धवान* नेताहरुलाई *क्रान्तिकारी* अभिवादन गर्ने
*प्रगतिशील* नेपाली जनताका आँखा कहिले खुल्ने हुन् ?

संसार जुट्दै गर्दा नेपाल टुटाउन मरिहत्ते गर्ने पिसाचहरु
ना-ना जाति स्वायत्त राज्यमा देशलाई विखण्डन गरी
मरणासन्नसम्म घचेडी के देखाउन खोजेका ? –
“नेपालीका दिमाग कन्डो पछाडी” ?

कहिले “मुर्दा मधेसीले ज्यूँदा नेपाली खायो” भन्ने
त कहिले “मुर्दा बाहुनले ज्यूँदा नेवार खायो” भन्ने
आफ्नो आंगको भैंसी नदेख्ने तर अरुको आंगको जुम्रा देख्ने
हे हरी-लठ्ठक नेपाली हो, कहिले नियाल्छौ आफ्नै आंग ?

“बाहुनले देश बिगार्यो” भन्ने मेरा नेवारजन्
अरुलाई के दोष लाउनु ?
भोजैमा लीन हुँदा एक ताका काठमाडौँ गुमायौं
अब अर्को भोजमा नेपाल गुम्ला, अनि कसलाई दोष लाउनु ?

इतिहासको धाक लाउँदै गर्दा वर्तमान भद्रगोल भएको चाल नपाउने
*वीर* अनि सदा सर्वदा *गौरवान्वित* नेपालीहरु
आफु वरिपरीको यथार्थ कहिले नियाल्छौ ?
त्यो कुम्भकर्णे निद्राबाट कहिले जाग्छौ ?

– हुन त म पनि त्यहि मध्धेको एक हुँ |

Posted in मेरो प्रयास | Leave a Comment »