Satish Shrestha (सतिश श्रेष्ठ )

In The Quest Of…

Archive for November, 2010

Love and Flush

Posted by Satish Shrestha on November 22, 2010


After a delightful potluck at Richard’s house, we head out to Bing Crosby Theater, the Mecca where I was about to indulge myself in a purely religious experience that night. The tickets for Banff Mountain Film Festival are all sold out way ahead of time. I fail to get a ticket though I check craiglist 5 times a day in addition to public plea on facebook. Nothing works!

Best things in life come for free. Couldn’t agree more. I tag along with Kaitlin as a quasi volunteer and no one questions. I don’t know what makes it work. My handlebar mustache? May be! While there are millions of people (acceptable exaggeration) waiting in line, we simply enter the hall uttering “Spokane Mountaineers”. The magic begin thereafter.

Val, amazing German-Guamanian-Thai-Pilipino mountain maniac, introduces me to a simple looking but incredibly smart man. He starts talking about Annapurna circuit and Thorang-la pass. All of a sudden the the topic of conversation jumps from mountains to motor-gliders he built. My curiosity level is sky-rocketed. I start asking bunch of questions. I get very specific answers to all my questions. He flew above 30,000 ft by himself in a plane he built himself! I am instantly impressed. He has a PhD in psychology from University of Chicago, advanced degree in theology and a strong engineering background. In addition he is a polyglot, he speaks 5 flipping languages! I am tripping, I feel hypnotized. I am flabbergasted by this man’s experiences in life and his apparent simplicity. Just a few minutes before the show starts, he throws two words at me that according to him a human being should stick to for perennial happiness. Love and Flush. The former is rather hackneyed, though indespensable. Everyone talks about it, even fifth graders. The latter is rather ambiguous. He explicates what he meant by that. Avoiding verbosity he says” don’t hold on to your shit, flush it”.

Advertisements

Posted in Experiences | Tagged: , , , , | 1 Comment »

आस्थाको फाइल – भैरव अर्याल

Posted by Satish Shrestha on November 12, 2010


संसारविभागका निर्देशक श्री ईश्वरदेव उमेरको हद्म्याद पुगी खोसुवामा परे।खाईपाई आएको आस्था अर्चनाको एक लक्ष्यान्श उनले निव्रित्तभरणको रुपमापाउने भए।

निर्देशकको पद खाली हुनासाथ रोल मेरो हो भनी अन्धविश्वासले दावा गर्‍यो। धर्म धुमधुमती पर्‍यो, कर्म कनपारो कन्याउन थाल्यो। भाग्यले भगवानको साक्खे भाई म हुँ भनी किरिया खायो। ज्ञान गनगन गर्दै थियो, विज्ञानले सबैका दाबी निराधार हुन् भनी एक्-एकको पर्दाफास गर्‍यो। बुद्धी खितितित्त हांसी, विवेक ट्वाल्ल पर्‍यो। भावना भागी संसार विभागको निर्देशकमा मान्छे स्वयं मनोनीत घोषीत भयो। आफु निर्देशक हुनासाथ मान्छेले पापधर्मको कानुनसंशोधन गरी नरकअड्डा खारेज गरिदियो। मान्छेलाई धेरै शासन दिएको अभियोगमा यमराज सस्पेन्ड भए; अमृत र अप्सरामा लम्पट भएको अभियोगमा देवताहरु कार्यभारमुक्त भए। भाग्यको ठाँउमा पुरुषार्थ र अन्धविश्वासअको ठाँउमा शिक्ष्या भर्ना भए। एउटा हातमा शक्तिको ड्रम अर्को हातमा एटम बम लिएर विज्ञान सल्लाहकार भयो मान्छेको। संसार विभागको हर्ताकर्ता स्वयं भएकोमा गजक्क फुली टेबुलमा थ्याच्छ बसेर मान्छे गर्ज्यो- “सन्सार विभागका सहायिकाहरु को को छन्, लौ यहाँ आओ!” मेच छँदाछँदै टेबुलमा बसेको निर्देशकलाई देख्ता मर्यादाले नमस्कारै नगरी मुन्टो बटारी। मान्छेले उस्लाई अनुशासन नभएकी बुढी भनी तुरुन्तै निकलिदियो। अर्की सहायिकाले थर्रथर्र कामेर हात जोड्दै भनी- “म नैतीकता हुँ।” मान्छे च्याँठ्ठिएर गर्ज्यो-“यस्ती लुली सहयिका लिएर म यत्रो विभाग चलाऊन सक्छु?” तेस्री सहयीका सद्भावनाले भनी- “म आफ्नो कार्यभारबाट राजिनामा दिन चाहन्छु।” मान्छेले मर्यादाको ठाउँमा उच्छ्रिङ्गखलतालाई, नैतीकताको ठाउंमा स्वचछन्दतालाई र सद्भावनाको ठाउंमा संकिर्णतालाई भर्ना गर्‍यो। पुनर्गठनपछी केही नयाँ ऐन बने। सत्ता, शक्ती, सम्पत्ती, र विलासको साधनामा धेरैले सुविधा पाए। संसारविभागले सांसारिक विधिबन्धनहरुमा धेरै स्वतन्त्रता ल्याओ। तर अपसोच! केहीदिनपछी संसार विभागमा सार्है गोलमाल चल्यो। कसैले कसैलाई टेर्न छाड्यो।विभागभित्रै अनाचार, व्यबिचारहरु बढ्न थाले। रिसारिस, भुत्लाभुत्ली र पिटापिट चल्न थाले। हत्या, युद्ध र महायुद्धका आकाशवाणी आउन थाले। मान्छेकहिले बौलाएजस्तो भई टेबुलमा उफ्रन्थ्यो, कहिले झोक्राएजस्तो गरी भुईँमा परारिन्थ्यो। कहिले तमाम कर्मचारीलाई भेला पारी सोध्थ्यो- “आस्थाको फाइलखोइ?” कहिले तमाम कर्मचारी उसँग सोध्थे-“विश्वासको फाइल खोइ?” खोइखोइको डाँको भित्तामा ठोक्किएर प्रतिध्वनित हुन्थ्यो- “खोइ खोइ!”



Special Thanks to Mr. Suyog Shrestha, a graduate student at Iowa State University and a founding member of Youth For Nepal (YFN).

Posted in नेपाली साहित्य, भैरव अर्याल | Leave a Comment »