Satish Shrestha (सतिश श्रेष्ठ )

In The Quest Of…

आत्मग्लानी

Posted by Satish Shrestha on August 11, 2009


धेरै दिन पछी आज एकजना पुरानो सहपाठी संग कुरा भो | कुरै कुरा को सदर्भमा हामीले कक्षाको अर्को सहपाठी सम्झीयौं, जसको घर काठमाडौँ बाहिर थियो | मैले उक्त सहपाठीलाई थम्यौना नसक्दा मेरा ती सहपाठी जोसंग म गफ गर्दै थिएँ, ले सहयोग गर्ने हेतुले भन्यो, ” त्यो लिखुरे पाखे के त !” , हुन त एक समय म पनि त्यस्तै बोल्ने गर्थें | तर आज आएर मलाई मैले पहिले गरेका त्यस्ता कुराहरुको प्राएस्चित हुन्छ | मैले कक्षा दशसम्म अध्यन गरेको विद्यालयमा अधिकांश विधार्थी म जस्तै नेवार मुलका थिए | मेरो खास्सै नेवारी लवज नआउने हुँदा मेरा अरु नेवार सहपाठीहरु मलाई बाहुन भन्ने गर्थे | हामी सबैजना गैर नेवार सहपाठीहरूलाइ अत्ति नै जिस्काउने गर्थ्यौं | तराईका सबैलाई हामी नेवारी लवज मा ‘मर्स्या’ भन्ने गर्थ्यौं | काठमाडौँ बाहिर का सबैलाई ‘पाखे’ अथवा ‘पर्वते’; शेर्पा, तामांग, लामा जति सबैलाई ‘भोटे’ भन्ने गर्थ्यौ | हुन त त्यति खेरको स्थिति अहिले जस्तो नराम्रो पक्कै थिएन | तर यसो नियाल्दा आजको विकृतितिर उन्मुख अनि जातीय विभाजन को भुमरीमा पिल्सिएको हाम्रो देशको स्थितिलाई यहाँ सम्म आइपुग्नमा म लगायत मेरा अरु सहपाठीहरु को उल्लेखनीय हात रहेको महसुस हुन्छ |

Advertisements

2 Responses to “आत्मग्लानी”

  1. It’s not थम्यौना, it’s ठम्याउन |

  2. sshrestha1 said

    Thanks for the correction.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: