Satish Shrestha (सतिश श्रेष्ठ )

In The Quest Of…

मेरो चोक – भूपी शेरचन

Posted by Satish Shrestha on July 8, 2009


साँगुरो गल्लिमा मेरो चोक छ
यहाँ के छैन ? सब्थोक छ
असंख्य रोग छ, अनन्त भोक छ
असीम शोक छ, केवल खर्च छैन
यहाँ त्यस माथि रोग छ

साँगुरो गल्लिमा मेरो चोक छ
यहाँ के छैन ? सब्थोक छ

यो मेरो चोकमा देउताले बनाएका मानिस
र मानिसले बनाएका देउता
यी दुबै थरीको निवास छ
तर यहाँ यी दुबै थरी उदास छन
दुबै थरी निराश छन
मानिस उदास छन
किनकी तिनलाई यहाँ रात – रात भरी उपियाँले टोक्छ
अनी दिन – दिन भरी रुपियाँले टोक्छ
र देउता उदास छन
किनकी तिनलाई यहाँ न कसैले पुज्छ
न कसैले ढोग्छ
त्यसैले यो चोकमा देउता र मानिसले
एक अर्कोलाई धिक्कार्दै एक साथको कुरा खोक्छन

साँगुरो गल्लिमा मेरो चोक छ
यहाँ के छैन ? सब्थोक छ

( सहयोग: सुयोग श्रेष्ठ )

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: