Satish Shrestha (सतिश श्रेष्ठ )

In The Quest Of…

Archive for July, 2009

Travel Map

Posted by Satish Shrestha on July 9, 2009


These are the states I have travelled so far and stayed in for more than a couple of days. Airport layovers and interstate drives are ignored.

Travel Map

Posted in Travel | Leave a Comment »

चीसो एश्ट्रे -भूपी शेरचन

Posted by Satish Shrestha on July 8, 2009


यहाँ जो आँउछन
मुटुभरी आगो, ओठ्भरी ज्वाला बोकेर आउँछन
यहाँ जो बस्छन
हत्केलाभरी खरानी, र आँखाभरी धुवाँ बोकेर बस्छन
र यहाँबाट जो जान्छन
पोल्टाभरी निभेका विश्वासहरु र ठुटा सपनाहरु सोहोरेर जान्छन

यस्तो छ यो चार भञ्ज्याङ खाल्टो
एउटा चीसो एश्ट्रे जस्तो छ
यो चार भञ्ज्याङ खाल्टो।

( सहयोग: सुयोग श्रेष्ठ )

Posted in नेपाली साहित्य, भूपि शेरचन, विविध | Tagged: , , | Leave a Comment »

शिखा मैनबत्तीको -भूपी शेरचन

Posted by Satish Shrestha on July 8, 2009


शुभ्र, शान्त, स्निग्ध
शिखा मैनबत्तीको।
मानौ,
प्रथम रजस्वलापछी
स्नान गरेर
शारदीय घाममा
आफ्नो कौमार्य छरेर
थकित्-थकित झै
चकित्-चकित झै
एक्लै-एक्लै मुस्काइरहेको
अनुहार हो यो नवयुवतिको।
शुभ्र, शान्त, स्निग्ध
शिखा मैनबत्तीको।
आँखाभरी वेदनाको पनि
तर, हर्षले हाँसिरहेछ आँखाको नानी
मनाउ, अपरेसनपछि
होशमा आएर
घोर पीडामा पनि
शिर अलिक उठाएर
नवजात शिशुलाई निहालीरहेको
सन्तुष्ट आँखा हो यो
कुनै पुत्रवतिको।
एकातिर धप्प-धप्प
बलिरहेछ अनुहार
अर्कतिर तप्प-तप्प
ढलिरहेछ अष्रुधार
मानौ यो कुनै विधवाको
त्यो क्षणको अनुहार हो
जब कि उसलाई आएछ याद
एकसाथ
सुहागरात र स्वर्गिये पतिको।
शुभ्र, शान्त, स्निग्ध
शिखा मैनबत्तीको।

Posted in नेपाली साहित्य, भूपि शेरचन, विविध | Tagged: , , | Leave a Comment »

भुपी शेर्चन

Posted by Satish Shrestha on July 8, 2009


तिमीलाई देखेपछी सधैं मलाई
एउटा मीठो न्यानो
पाप गर्न मन लाग्छ।
तिम्रो ओठ्मा एउटा प्रस्ताव देख्छु
जसमाथि,
मलाई आफ्नो ओठले
सहीछाप गर्न मन लाग्छ।

( सहयोग: सुयोग श्रेष्ठ )

Posted in नेपाली साहित्य, भूपि शेरचन, विविध | Leave a Comment »

भुपी शेर्चन

Posted by Satish Shrestha on July 8, 2009


प्रत्यक पहेलो धातुलाई सुनको गजुर भन्न मन लाग्छ
प्रत्यक रङीन चरालाई बनको मजुर भन्न मन लाग्छ
चाकरी गर्दागर्दै यस्तो बानी परिसक्यो कि अब त
कुनै गधालाई भेटे पनि उसलाई हजुर भन्न मन लाग्छ

Posted in नेपाली साहित्य, भूपि शेरचन, विविध | Tagged: , | Leave a Comment »